कृषि मेसिनरी तथा सवारी साधन

कृषि मेसिनरी तथा सवारी साधन

आधुनिक कृषिको विकासका लागि यान्त्रिक उपकरण र सवारी साधनको प्रयोग अपरिहार्य बन्दै गएको छ। हाम्रो “कृषि मेसिनरी तथा सवारी साधन” श्रेणी अन्तर्गत, कृषिमा प्रयोग हुने ट्र्याक्टर, पावर टिलर, थ्रेसर, स्प्रेयर, मल बोक्ने गाडी, तथा अन्य मोटरयुक्त उपकरणहरू उपलब्ध छन्। यी उपकरणहरूले कृषकको श्रम, समय र लागत कम गर्दै उत्पादनशिलता बढाउन महत्वपूर्ण भूमिका खेल्छन्।

फाइदाहरू:
✅ उत्पादन क्षमता वृद्धि – आधुनिक मेशिनको प्रयोगले थोरै समयमै बढी काम गर्न सकिन्छ, जसले उत्पादन बढाउँछ।

✅ श्रम बचत – म्यानुअल कामलाई मेसिनले प्रतिस्थापन गर्दा कृषकको परिश्रम कम हुन्छ।

✅ समय र लागतमा कटौती – छिटो र प्रभावकारी कामले कृषि प्रक्रिया सस्तो र छरितो बनाउँछ।

✅ सामूहिक प्रयोगको सुविधा – सहकारी माध्यमबाट उपकरणहरू साझा गरेर सबै सदस्यले फाइदा लिन सक्ने व्यवस्था मिल्दछ।

हामी कृषि यान्त्रिकिकरणलाई प्रवर्द्धन गर्दै, कृषकहरूको जीवन सहज बनाउने र आधुनिक प्रविधिको पहुँच ग्रामीण क्षेत्रमा पु-याउने अभियानमा संलग्न छौँ। कृषि क्षेत्रमा दीगो विकास र आत्मनिर्भरता हासिल गर्न यस्ता उपकरणहरू अति आवश्यक छन्।

कृषि मेसिनरी तथा सवारी साधन

Contact Us

कापिज सहकारी संस्था लिमिटेड ललितपुर–१४ मा दर्ता भई स्थापना भएको, देशव्यापी कार्यक्षेत्र भएको एक अग्रगामी, पारदर्शी र सदस्यमैत्री सहकारी संस्था हो। हामी आर्थिक सशक्तिकरण, सामुदायिक विकास, र सहकारी अर्थतन्त्रको प्रवर्द्धनका लागि कटिबद्ध भएर कार्यरत छौँ।
Need Help?